उस्तै परे आजै सपथ ग्रहण हुन्छ:  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । 

बिहीबार राजधानीमा पंचली एटके टेलिभिजनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आजै सपथग्रहण हुनसक्ने बताए । ‘उस्तै परे आजै सपथ ग्रहण हुन्छ होला,’ अध्यक्ष प्रचण्डले भने । 

प्रचण्डले मन्त्रिपरिषद विस्तारमा उत्पीडित समुदायलाई प्राथमिकता दिएको बताए । ‘हाम्रो तर्फबाट हामीले उत्पीडित समुदायलाई अझ विशेषगरी महिलालाई अगाडि ल्याउने नयाँ प्रयास अगाडि बढाएका छौं । संविधानमा ३३ छ हामी ३५ पुर्याउँछौँ,’ प्रचण्डले भने । 

मधेशी, जनजाति र दलित सबैलाई क्याबिनेटमा समावेश गरिएको दाबी उनले गरे । ‘क्याबिनेटमा मैले हिजोमात्रै गरेको निर्णय हेरिहाल्नुभयो, ५० प्रतिशत महिला पुर्याइएको छ । त्यसमा मधेशी, जनजाति, दलित सबैको समावेश गर्न खोजिएको छ,’ उनले भने । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार ११:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया