आज ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० सय रुपैयाँले वृद्धि भएको छ । छापावाल सुन बुधबार प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४०० तोकिएको छ ।

त्यस्तै, तेजाबी सुनको बजार मूल्य आज प्रतितोला ८९ हजार ९५० पुगेको छ । बुधबार प्रतितोला ८९ हजार ४५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

महासंघका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा कायम भएको छ । चाँदी बुधबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १४:७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया