अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च बिन्दुमा

बिहीबार अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च भएको छ । यही वर्षको बैशाख दोस्रो सातादेखि निरन्तर बढेको अमेरिकी डलरको भाउ बिहीबार उच्च बिन्दुमा पुगेको हो । 

गत वैशाख १३ गते १२० रुपैयाँ ३२ पैसासम्म पुगेको डलर त्यसयता निरन्तर ओरालो लागेको थियो । 

पछिल्ला दुई साता यता विस्तारै उकालो लागेको अमेरिकी डलरको भाउ बिहीबार भने १२० रुपैयाँ २७ पैसासम्म आइपुगेको हो ।

भारतीय मुद्रा प्रभावित भएपछि नेपालमा डलरको भाउ उकालो लागेको हो । पछिल्लो समय अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहेपछि डलरमा सुधार आएको विश्लेषक बताउँछन् । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १४:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया