मिडियासँग भाग्दै सेलिब्रेटी

पछिल्लो समय नेपाली सेलिब्रेटी मिडियासँग भाग्न थालेका छन् । केही समयअघि एक कार्यक्रमका लागि पुगेकी अभिनेत्री प्रियंका कार्कीलाई करिव दुई घण्टा कुरेका मिडियाकर्मी निराश भएर फर्किए । उनले मिडियासँग बोल्न चाहिनन् ।

केही साताअघि मात्रै गायिका समीक्षा अधिकारीले पनि मिडियासँग कुरा गर्न खोजिनन् । एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पुगेकी उनी त्यहाँबाट सुटुक्क भागिन् । समीक्षासँग अन्तर्वार्ता गर्नका लागि क्यामेरा बोकेर गएका सञ्चारकर्मीले उनको आलोचना गरे । उनले फेसबुकमार्फत स्पष्टीकरण दिइन् ।

अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि मिडियासँग बोल्न इन्कार गरेकी छन् । उनी बुधबार आफैँले अभिनय गरेको ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियो विमोचन कार्यक्रममा पुगेकी थिइन् । 

यो म्युजिक भिडियोमा अनुबन्धित भएदेखि नै साम्राज्ञीको राम्रै चर्चा भएको थियो । उनले यो म्युजिक भिडियोमा अभिनय गर्नका लागि ४ लाख पारिश्रमिक लिएपछि उनको चर्चा भएको हो ।

बुधबार सोही गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । तामझामका साथ सार्वजनिक गरिएको विमोचन कार्यक्रम अन्त्यमा खल्लो भयो । त्यो खल्लोको कारण पनि अभिनेत्री साम्राज्ञी नै थिइन् । सञ्चारकर्मी साम्राज्ञीको प्रतीक्षामा थिए । तर, उनी मिडियासँग नबोल्ने भन्दै कार्यक्रमस्थलबाट बाहिरिन् ।

म्युजिक भिडियो निर्माताले पनि उनलाई कार्यक्रममा उपस्थित भएर भिडियोका बारेमा बोलिदिन आग्रह गरेका थिए । मिडियाका लागि त उनी ‘हट केक’नै हुन् । तर, साम्राज्ञीले म्युजिक भिडियोमा कामका लागि सम्झौता गर्दा नै मिडियासँग नबोल्ने सर्त राखेकी थिइन् । साम्राज्ञीले नबोलेपछि कार्यक्रम नै स्थगित गरिएको थियो । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १४:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया