अब शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन् । 

बिहीबार पत्रकारसँगकाे कुराकानीमा अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवन उपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने बताइन् ।

विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्तदुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन् ।

‘अब हामीले हाम्रा नीतिहरूमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीति अनुसारका विश्वविद्यालयमा भएका कार्यक्रम छन् । १२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय हो,’ अध्यक्ष बरालले भनिन् । 

स्थानीय तहहरूले आफ्नो तहको स्रोतसाधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिएर विषय बनाउनुपर्नेमा उनको जोड छ ।

 ‘आफ्नो स्थानीय तहको स्रोतसाधन झल्किने गरी स्थानीय तहले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्तदुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्छ,’ बरालले भनिन् । 



उनले विद्यार्थी संगठनहरूले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताए । समय फेरिएको उल्लेख गर्दै अध्यक्ष बरालले परिवर्तित समयानुकूल संगठनले भूमिका र कार्यशैली बदल्नुपर्ने बताइन् । 

‘पछिल्लो ४ वर्ष यताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी संगठन कतै अलमल्लिएको भन्ने कुरा स्वभाविक छ । किनकी हामी आफैँलाई चित्त बुझ्ने गरी भूमिका निर्वाह गर्न सकेका छैनौँ । तर, अब विद्यार्थी संगठनको मुख्य कार्यक्षेत्र भनेको शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय नै हो,’ उनले भनिन् ।



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १५:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया