कौशलराज र अनामिकाको स्वर रहेको ‘दसैँ आयो’ सार्वजनिक
फरकधार / २१ असोज, २०७८

गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागाईंको स्वर रहेको दसैँ गीत ‘दसैँ आयो’ सार्वजनिक भएको छ । 



विजया दशमी तथा दिपावली पर्वले भित्र्याएको उत्साह, उमङ्ग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । शान्तिप्रियको शब्द रहेको सार्वजनिक गीतमा दीपक शर्माले संगीत गरेका छन् । संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् । 

केशवराज भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा मुकेश हुमागाईंको छायाँकन, विनोद बमको सम्पादन तथा रंग संयोजन रहेको छ । म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष के.सी तथा झरना परियारको अभिनय देख्न सकिन्छ ।  



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १६:३३:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया