नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निर्णय गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष चियापान समारोह आयोजना नगर्ने जनाएको हो ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु सबैको कर्तव्य भएको कांग्रेसले जनाएको छ ।
‘पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ,’ कांग्रेसले भनेको छ ।
विज्ञप्तिमा कांग्रेसले बडा दशै, तिहार, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।