भानुभक्त जोशीलाई एकीकृत समाजवादीले स्थायी समिति सदस्य बनाउने

नेकपा एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेता भानुभक्त जोशीलाई सो पार्टीले स्थायी समिति सदस्य बनाउने भएको छ । 

जोशी बिहीबार मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । राजधानीको नयाँ बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जोशीलाई  अध्यक्ष माधव नेपालले खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।  

माधव नेपाल एमालेमै हुँदा उनलाई साथ दिए पनि जोशीले नेपालले नयाँ दल दर्ता गरेपछि भने उनलाई साथ नदिई एमालेमै बसेका थिए । 

नेपाल समूहमा रहेर १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका जोशीले केही दिनअघि एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १७:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया