नेकपा एकीकृतसँग एकता गरेर चुनाव चिह्न कलम राख्ने एकीकृत समाजवादीको तयारी

नेकपा (एकीकृत समाजवादी) पार्टीले जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीसँग एकता गर्ने तयारी गरेको छ । 

सो पार्टीसँग एकता गरेर एसले चुनावचिह्न कलम राख्ने भएको छ। आजको स्थायी कमिटी बैठकमा चुनावचिह्न कलम राख्ने निर्णय भएको हो । 

यसअघि एकीकृत समाजवादीको चुनाव चिह्न  किताब प्रस्तावित गरिएकोमा सो चिह्न स्वागत नेपाल नेतृत्वको पार्टीको नाममा रहेकाले अर्को चिह्न खोजिएको हो । 

यसअघि नेपाल निकट खिमलाल देवकोटाले कला चिह्न लिएर राष्ट्रिय सभा सदस्यमा विजय प्राप्त गरेका थिए । 

जीवन राई नेतृत्वको नेकपा एकीकृत एमाले विभाजनअघि नै निर्वाचन आयोगमा दर्ता भएको थियो । राई माधव नेपालनिकट नेता हुन् ।





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २०:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया