जापानमा ६.१ म्याग्निच्युडको भूकम्प

जापानमा बिहीबार ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु देशको चिबा क्षेत्रमा रहेको जापानको भूगर्भ विभागले जनाएको छ । 

स्थानीय समयअनुसार बेलुका १०.४१ बजे भूकम्प गएको अधिकारीहरूले जनाएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । 

भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २०:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया