स्वास्थ्य मन्त्रालयबाट हट्ने भए उमेश श्रेष्ठ

व्यवसायी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइने भएको छ । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट श्रेष्ठलाई यसअघि देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

उनलाई राज्यमन्त्रीमा नियुक्ति भएपछि यसको व्यापक आलोचना भएको थियो । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । 

यो सहमति भएसँगै श्रेष्ठ अब स्वास्थ्य मन्त्रालयबाट बाहिरिने भएका हुन् ।

एकीकृत समाजवादीले चाहिँ कसलाई स्वास्थ्यमन्त्री बनाउने भन्ने अहिलेसम्म टुंगिएको छैन ।





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया