बाजुरामा देउवा गढ तोड्दै पौडेल पक्षका नेता रावल सभापतिमा विजयी

बाजुरा कांग्रेसमा पछिल्लो समय देउवा पक्ष बलियो थियो । यस वर्षको जिल्ला अधिवेशनले पार्टी सभापति पक्षधरलाई झट्का दिँदै रामचन्द्र पक्षधर मानिएका रामसिंह रावल बाजुरा पार्टी सभापतिमा विजयी भएका छन् । 

कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा रावलले ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनले निवर्तमान पार्टी सभापति कविराज पण्डितलेभन्दा ३९ मत बढी ल्याए ।

पहिलो चरणका निर्वाचनमा ५१ प्रतिशत कसैको नपुग्दा दोस्रो चरणकाे निर्वाचन भएको हो । दोस्रो चरणमा भएको मतदानमा एक हजार १८२ मत खसेकाे थियाे । रावलले ६०५ र पण्डितले ५६६ मत ल्याए । पहिलो चरणमा कविराज पण्डित, रामसिहं रावल र चक्रबहादुर शाहबीच प्रतिस्पर्धा भएको थियाे । पहिलो चरणकाे निर्वाचनबाट वाहिरिएका उम्मेद्वार चक्रबहादुर शाहले नेता रावललाई समर्थन गरेका थिए ।

पहिलो चरणमा कुल खसेका एक हजार २०५ मत मध्ये कविराज पण्डितले ४८९, राम सिंह रावलले ४७४ र चक्र शाहले १५२ मत पाएका थिए ।

त्यसैगरी जिल्ला उपसभापतिमा पदम बडुवाल ७५६ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्वन्द्वी शेर बहादुर खाती ४३२ मत प्राप्त गरी पराजित भए । 
 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार ७:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया