\
प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले दसैं मनाएर कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव राखेका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा बाेल्दै दसैंपछि मात्रै विश्वासको मत लिने मुख्यमन्त्री आचार्यले प्रस्ताव राखेका हुन् ।
उनकाे प्रस्तावलाई संसदीय दलले पास गरेको छ ।
विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ । विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।
प्रदेशसभाको अधिवेशन आज सुरु हुँदैछ । आजको बैठकमा नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।