निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरू आज वैवाहिक बन्धनमा बाँधिएका हुन् । सुदर्शन र सुप्रियाले गत भदौ २१ गते इन्गेज्मेन्ट गरेका थिए ।
सुदर्शन थापा सुप्रियालाई लिन बग्गी चढेर वैवाहिक समारोहमा पुगेका थिए । आमासँग पुगेका सुदर्शनलाई सुप्रियाको परिवारले भव्य स्वागत गरेको थियो ।
सुदर्शन र सुप्रियाले करिब एक वर्षको प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । सुप्रियासँग भेट हुनुअघि अभिनेत्रीहरू सुष्मा कार्की र पुजा शर्मासँग सुदर्शनको नाम जोडिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।