हरेक तीन महिनामा सामाजिक सुरक्षा भत्ता दिने

चौमासिक रुपमा पाउँदै आएको सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक रुपमा वितरण गर्ने भएको छ ।  चालु आर्थिक वर्ष २०७८÷७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा हुने व्यवस्था गरेको हो । 

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले सो व्यवस्था गरेको हो । 

अहिले देशभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३४ लाख ६५ हजार ७ सय १३ जना रहेको छ । सरकारले सामाजिक सुरक्षामा वार्षिक १ खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । विभागले सबै स्थानीय तहलाई यस प्रकारको व्यवस्था मिलाउन भनेको छ । 

बजेटमार्फत सरकारले वृद्धभत्ता ४ हजार र अन्य सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतको वृद्धि गरेको छ । बढेको सामाजिक सुरक्षा भत्ता अनुसार अब ७० वर्ष पुगेका सबै जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ प्राप्त गर्छन् ।





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १६:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया