यसपाली दशैँमा जिउँदो खसी प्रति केजी ६४० रुपैयाँमा पाइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबारदेखि खसीबोका बिक्री गर्ने भएको छ ।  दसैंका लागि खाद्यले यसका लागि दाङ र हेटौंडाबाट ल्याएको खसीबोका बिक्री गर्ने जनाएको छ । 

कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार अहिले ५३० खसीबोका काठमाडौं आइपुगेको छ । खसीबोकाको मूल्य निर्धारण गरेर शनिबारदेखि खसीबोका बिक्री गर्ने उनको भनाइ छ । 

कम्पनीले दसैंमा दुई हजार खसीबोका बिक्री गर्ने बताइएको छ । जसमा हेटौंडाबाट १२ सय र दाङबाट ८ सयवटा खसीबोका खरिद गरेको कम्पनीले जानकारी दिएको छ। 

यस्तै चौपाया खरिद बिक्री संघले आइतबारदेखि बिक्री थाल्ने बताएको छ । संघले जिउँदोमा किलोको ६५० तोकेको छ । १० रुपैयाँ छुट दिइने भएकाले प्रतिकिलो ६४० मा पाइने जनाइएको छ ।





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १६:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया