निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्योः एमाले
फरकधार / २२ असोज, २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । 



एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले साह्रै बेठिक र उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन् । 

शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए । 

‘लामो समय समितिमा छलफल गरेर यहाँहरूले देखिराख्नु भएको छ । निजामती विधेयक कति समय समितिमा छलफल भयो । त्यत्रो समय लिएर बल्लबल्ल तपाई हामी सबैको दवाव चाँडो ल्याउ, चाँडो पास गर भनि राखेको यो विधेयक हो । बल्लबल्ल संसदमा प्रवेश ग¥यो । संसदमा त्यतिन्जेल रह्यो । अव अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम ग¥यो । यो साह्रै बेठीक र उल्टो काम भइराखेको छ । संसदमा विधेयक नै नल्याउने, भएको विधेयकलाई फिर्ता लैजाने अनि के गर्ने ? यो बेठीक हो,’ एमालेका संसदीय दलका उपनेता नेम्वाङले भने । 



उपनेता नेम्वाङले सरकारले आफूहरुको कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराए । सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको तर्क उनले राखेका थिए ।

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १६:३३:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया