प्रदेश सरकारले पूँजीगत खर्च गर्न सकेनन्ः मन्त्री खड्का

वागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले प्रदेश सरकारले अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको स्वीकार गरेकी छिन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसँगको सहकार्यमा आयोजना गरेको बागमती प्रदेशका आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थासम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रममा मन्त्री खड्काले यस्तो बताएकी हुन् । 

मन्त्री खड्काले कर्मचारीको क्षमता, राजनीतिज्ञको अक्षमता वा नीतिगत अभाव के कारण खर्च हुन नसकेको हो त्यसमा ध्यान दिन सरोकारवालालाई आग्रह गरिन् । वित्तीय संघीयता सफल बनाउन सबै तहका सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई  छ । 

‘अहिले ३५ प्रतिशत भन्दा बढी सडक, खानेपानी जस्ता भौतिक पूर्वाधारमा खर्च हुने गरेको छु,’ मन्त्री खडकाले भनिन्, ‘भवन बनाउनु मात्रै गणतन्त्र नभएको र त्यहाँ हिंड्ने मानिसले त्यसको प्रयोग गर्न सके कि सकेनन् भन्ने महत्वपूर्ण हुन्छ । त्यसको लागि ध्यान दिन आवश्यक रहेको  छ ।’ मन्त्री खड्काले अबको दिनमा पुँजीगत खर्च र वित्तीय अनुशासनमा काम गर्न आवश्यक रहेको धारणा राखिन् । 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १७:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया