नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले १६ मन्त्री र दुई राज्यमन्त्री थप गरेर शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।

देउवाको मन्त्रिपरिषदमा बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, जनार्दन शर्मा अर्थ, डा.मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी मन्त्री छन्। 

यसैगरी ड.नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री छन्।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ भने भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र बोधमायाकुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन्। 
 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १९:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया