१० बुँदेलाई निर्जिव ढंगले नबुझौं : ईश्वर पोखरेल

नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमतिलाई निर्जिव ढंगले नबुझ्न आग्रह गरेका छन् । 

महासचिव पोखरेलले १० बुँदे सहमतिलाई जीवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने बताए । 

पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिएका क्रियाशील नेता, कार्यकर्ताहरुलाई समेटेर लैजादामात्रै १० बूँदे सहमतिको जीवन्त कार्यन्वयन हुने दाबी समेत गरे । 

उनले भने, ‘१० बुँदे ठीक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने, रचनात्मक ढंगले बुझ्ने, जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने हो । हिजो जो–जो साथीहरुले के गर्नु भो भन्नेबारे समीक्षा गरौंला । तर अहिले गर्ने एउटै कुरा पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेटदै लैजाने हो । १० बुँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नू हुँदैन । सृजनात्मक ढंगले बुझ्नु पर्छ।’

महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पु¥याउने गरी थिंकट्यांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरे। 

कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको भन्दै आक्रोश व्यक्त गरे । 
सचिव विष्टले आफूहरुले माधव नेपाललाई पार्टी विभाजन गर्न कहिल्यै नभनेको दोहोर्‍याए।





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १९:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया