विश्वकप युरोपियन छनोटमा जर्मनी विजयी भएको छ । उसले घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा रोमानियालाई २-१ ले पराजित गरेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा पाहुना टोली पराजित हुन पुगेको हो । खेलको ११औं मिनेटमा लानिस हाँगीको गोल गर्दा जर्मनी १ गोलले पछि परेको थियो ।
एक गोलले पछि परेको जर्मनीले रोमानियालाई दवाव बढाए पनि बराबरी गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
५२औं मिनेटमा मार्काे रिउसको पासमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ८१औं मिनेटमा वैकल्पिक खेलाडी थोमस मुलरले गोल गर्दै जर्मनीको जित पक्का गरे । उनी ६७औं मिनेटमा टिमो वर्नरको स्थानमा मैदान छिरेका थिए ।
यो नतिजापछि जर्मनी ७ खेलमा १८ अंक जोडेर समूह ‘जे’ को शीर्षस्थानमा रहँदा पराजित रोमानिया १० अंकसहित चौथो स्थानमा छ ।
छनोट अन्तर्गत नै भएका अन्य खेलमा नर्थ म्यासेडोनियाले लिचेस्टाइन र स्लोभानियाले माल्टालाई समान ४-० ले पराजित गर्दा आइसल्यान्ड र अर्मेनियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
बेलारुस इस्टोनियासँग २-० ले पराजित हुँदा वेल्स चेक गणतन्त्रसँग २-२ को बराबरीमा रोकियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।