भिरबाट लडेर घाइते भएका पुरूषको हेलिकप्टरमार्फत उद्धार

बाजुरामा भिरबाट लडेर घाइते भएका एक व्यक्तिको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-२ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बुढा शुक्रबार भिरबाट लडेर घाइते भएका थिए । 

उद्धार गरिएको बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

सेनाको हेलिकप्टरमा बुढा तथा उनकी श्रीमतीसहित ४ जनालाई नै नेपालगञ्ज पठाइएको हो । उद्धारका क्रममा लाग्ने खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने मन्त्री जोशीले बताइन् । 

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा वर्षेनी सयौं व्यक्तिले भिरबाट लडेर ज्यान गुमाउने गरेका छन् । भिरबाट लडेपछि घाइते भएकाको समयमै उद्धार तथा उपचारमा समस्या हुने गरेको छ । जसका कारण उनीहरू अकालमै ज्यान गुमाउन बाध्य छन् । पछिल्लो समय प्रदेश सरकारले पहाडि जिल्लामा हेलिकप्टरमार्फत आपत्कालिन उद्धारको व्यवस्था मिलाइरहेको छ । 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ११:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया