पौडेल पक्षको असन्तुष्टिपछि देउवाले भने- गठबन्धन सरकार हो, बुझ्नुपर्छ

शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमतावान नेताहरूलाई मन्त्री बनाउन नसकिएको बताएका छन् ।

गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर विवादित बनेका उनले स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा गठबन्धन सरकार भएकाले क्षमतावान नेताहरू छुटेको बताएका हुन् । 

उनले क्षमतावान नेताहरूलाई मन्त्री बनाउन नसक्दा आफू दुःखित भएको पनि बताए । 

उनले भने, ‘मन्त्रिपरिषदले पूर्णता पाएको छ, हाम्रै पार्टीका योग्य र क्षमतावान साथीहरूलाई न्याय गर्न सकिनँ, म दुःखी छु । गठबन्धन सरकार भएकाेले साथीहरूले बुझ्नुहुन्छ ।’

मन्त्रिपरिषदमा अवसर नपाएका नेताहरूलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिइने वचन पनि उनले दिए । 

देउवाले निकटस्थ सांसदहरूलाई बढी मन्त्री बनाएकोप्रति पार्टीमा असन्तुष्टि छ ।



संस्थापनइतर पक्षले तीन मन्त्री मागेकोमा देउवाले दुई जनालाई मात्रै मन्त्री बनाए । सोहीकारण संस्थापनइतर पक्ष रुष्ट छ । उनले भने आफूपक्षीय पाँच जनालाई मन्त्री बनाएका छन् । 



  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १२:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया