सुदूरपश्चिममा मुख्यमन्त्रीलाई समर्थन गर्न नसक्ने कांग्रेस सांसदको चेतावनी

सुदूपश्चिमाञ्चम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट केन्द्रीय गठबन्धनको मर्मअनुसार अघि नबढेको भन्दै नेपाली कांग्रेसका प्रदेश सांसदले उनलाई समर्थन गर्न नसक्ने बताएका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कांग्रेसका तीन प्रदेश सभा सांसदले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने बताएका हुन्।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कांग्रेसका तीन सांसदले गठबन्धनको भावना अनुसार प्रदेश सरकार नचलेको गुनासो गरेका छन्। 

सरकारको क्रियाकलापबाट सन्तुष्ट नभएको र गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्रीले काम नगरेको भन्दै उनीहरुले प्रदेश सरकारको किनाराको साक्षी बन्न नसक्ने देउवालाई सुनाएका थिए।  

यसअघि उनीहरुले मुख्यमन्त्री भट्टलाई असन्तुष्टिसहित ज्ञापनपत्र बुझाएका थिए । लगत्तै तीन दिनअघि काठमाडौं आएका सांसदले वर्तमान सरकारमा सहभागी हुने कि प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने विषयमा देउवासँग कुरा राखेका थिए।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेर समाधान निकाल्ने जवाफ उनीहरुलाई दिएका छन्। 

सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रको नेतृत्वको सरकार छ।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १६:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया