तीन महिनाअघि निधन भएका बुवाको सपना साकार पार्न २२ वर्षीया सिर्जना कांग्रेसको महाधिवेशन प्रतिनिधिमा

नेपाली कांग्रेसको १४औँ महाअधिवेशनमा युवाहरुको आकर्षण बढ्दै गइरहेको छ ।  पुरानो पुस्ताले राजनीतिक रुपमा खासै उपलब्धि गर्न नसकेको भन्दै वडा तहदेखि नै युवाहरुले नेतृत्व लिइरहेका छन् । 

यस्तै, बझाङकी एक २२ वर्षीया युवती पनि महाधिवेशन प्रतिनिधिको रुपमा विजयी भएकी छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० की सृजना स्नेही शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार विजयी भएकी हुन् । 

उनले ६ सय ८७ मत सहित पहिलो नम्बरमा दलित महिला कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी छन् ।

कञ्चनपुरको बैजनाथ इन्जियरिङ क्याम्पसबाट सब–इन्जिनियरिङ पास गरेकी उनले आफ्नो बुवा पदमबहादुरको सपना साकार पार्न राजनीतिमा होमिएको प्रतिक्रिया दिएकी छन् । 

‘बुवाको महाधिवेशन प्रतिनिधि बन्ने सपना थियो । तर ३ महिनाअघि उहाँको निधन भयो । त्यसपछि मैले उहाँको सपना पूरा गर्नकै लागि चुनाव लडको हुँ,’  उनले भनिन् ।  

चुनावी प्रचारप्रसार समेत नगरी जितेको बताउँदै उनले अब राजनीतिक यात्रालाई नै अघि बढाउने बताएकी छिन् ।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १९:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया