पिता प्रचण्डसँग रेणुले भनिन्– गौतमबुद्ध रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो
फाइल तस्बिर

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन् । 

शनिबार चितवन उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै पिता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले धुर्मुस– सुन्तली फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न नसकेकाले उक्त कामको जिम्मा सरकारले लिनुपर्ने बताएकी हुन् ।

देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गराएर आवश्यक सबै सहयोग गरेको तर, स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन नसकेकाले अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने उनले बताइन् । 

बहुवर्षीय योजनाअन्तर्गत रहेको रंगशाला निर्माणको काम निजी स्तरबाट सरकारी स्तरमा ल्याएर अघि बढाउनुपर्ने मेयर दाहालको धारणा छ । 

गत साउन १५ देखि रंगशाला निर्माणको काम ठप्प छ । रंगशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋण लागेको र निर्माण अघि बढाउन नसकिएको भन्दै धुर्मुस–सुन्तली फाउण्डेसनले यसको स्वामित्व लिन सरकारलाई आग्रह गरिसकेको छ । 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १९:५६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया