नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएका छन् ।
अध्यक्ष नेपालले बिहान ११ बजे आलोकनगरस्थित पार्टी कार्यालयमा छलफलका लागि बोलाएका हुन्। उनले मन्त्रीहरूलाई पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई
जनपक्षीय काम गर्न निर्देशन दिन लागेका हुन्।
शनिबार काभ्रेमा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले पार्टीबाट मन्त्री बनेकाहरूलाई राम्रो काम गरेर देखाउन निर्देशन दिँदै राम्रो काम नगरे सरकारबाट फिर्ता गर्ने बताएका थिए।
अध्यक्ष नेपालले पार्टी कार्यालयमा बोलाएर ठोस रूपमा गर्नुपर्ने कार्य लगायतकाे निर्देशन दिन लागेका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ तथा स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ सहभागी छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।