गठबन्धन सरकार बनाउँदै लुम्बिनीका मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

उनले सुरेन्द्र हमाल, बसिउद्धिन खाँ र वीरबहादुर रानालाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन् । 

बाँकेका हमाल वन, वातावरण तथा भूसंरक्षण र रुपन्देहीका खाँ विज्ञान तथा खेलकुदमन्त्री र पाल्पाका राना ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बन्ने भएका छन् । उनीहरू कांग्रेसबाट मन्त्री भएका हुन् । उनीहरूको शपथ ग्रहण आजै तीन बजे हुने भएको छ । 

मुख्यमन्त्री केसीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । केन्द्रमा गठबन्धन सरकार भएकोले प्रदेशमा पनि गठबन्धन सरकार बनाइएको हो । 

यसअघि कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामिण तथा शहरी विकासमन्त्री भएका थिए । 

यस्तै, माओवादी केन्द्रले पनि इन्द्रजीत थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने भएको छ । 



नेकपा विघटनपछि माओवादी भएकी विमलाकुमार खत्री राज्यमन्त्री हुने निश्चित भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकै रमा घर्ती पनि मन्त्री बन्दै छिन् । 



  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १४:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया