जनताले भोटबाट देखाइदिन्छन्: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन् । 

आईतबार काठमाडौंमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् ।

‘हाम्रो देशमा अरु धेरै कुराहरु गर्न बाँकी छ । अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ । छिटो छरितो विकासका कामहरु अघि बढाउनुछ । यहाँ केही कुरा आएका छन्, जनताको नाम सबैले लिन्छन्, जनता यो हो, जनता उ हो भन्छन् । जनताले भोटबाट देखाइहाल्छन् नि, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु कोही हुँदैन, सबैले सुने हुन्छ,’ प्रधानमन्त्री देउवाले भने । 

प्रधानमन्त्री देउवाले नेपालको कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको जनाए । कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरुलाई भिसा दिएको दाबी उनले गरे । 

नेपालले पूर्ण रुपमा कोरोना नियन्त्रण गर्न नसकेपनि क्रमिक रुपमा नियन्त्रण गर्न सरकार सफल भएको बताए ।

प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दैै शिक्षा आम नागरिकको मौलिक हक भएको जनाए । शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको उनले बताए ।
 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १५:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया