विश्वकप छनोट : उरूग्वेमाथि अर्जेन्टिनाकाे सानदार जित

विश्वकपको दक्षिण अमेरिकी छनाेट अन्तर्गत साेमबार बिहान भएकाे खेलमा  अर्जेन्टिनाले उरूग्वेमामाथि ३-० काे सहज जित दर्ता गरेकाे छ ।

घरेलु मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियाेनल मेस्सी, रोड्रिगो डि पउल र लाउटाराे मार्टिनेजले १-१ गाेल गरे ।

खेलकाे ३८औं मिनेटमा मेस्सीकाे गाेलमार्फत अर्जेन्टिनाले अग्रता लिएकाे थियाे। 
४४औं मिनेटमा डि पउलले टाेलीकाे अग्रता दाेब्बर बनाए।

खेलको ६२औं मिनेटमा मार्टिनेजले गाेल गरेपछि अर्जेन्टिनाले सहज जित हात पारेकाे हाे ।

जितसँगै अर्जेन्टिना १० खेलबाट २२ अंक जाेड्दै दाेस्रो स्थानमा रहँदा उरूग्वे ११ खेलबाट १६ अंकका साथ चाैथाे स्थानमा छ ।

छनाेट अन्तर्गत साेमबार नै भएकाे अर्को खेलमा ब्राजिल काेलम्बियासँग गाेलरहित बराबरीमा राेकिएकाे छ। विश्वकप छनोटमा ब्राजिलले पहिलो बराबरी खेलेको हो । 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार ७:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया