बसपार्कमा नक्कली टिकट काट्ने पक्राउ

सुर्खेत बसपार्कमा टिकटका लागि पुग्ने यात्रुहरुलाई दुई जना युवाहरुले नक्कली टिकट काटिरहेको अवस्थामा यातायात व्यवसायीहरुले पक्राउ गरेका छन् । 

देउती नागरिक यातायात प्रा.लि.लोगो र छाप बनाएर नक्कली टिकट बसपार्क बाहिर काटिरहेको अवस्थामा व्यवसायीहरुले थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा दैलेख आठबिस नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश शाही र वीरेन्द्रनगर–६ शनिहललाईन बस्ने वर्ष १९ का सञ्जु सुनार छन् । 

प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुईवटा टिकट काटिसकेको प्रहरीले फेला पारेको छ । 

दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १८५० र सुर्खेत जुम्ला दुई हजार भाडा उल्लेख गरेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार ८:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया