मोतीपुर घटनाबारे एमालेले माग्यो सरकारको जवाफ

नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा गृहमन्त्रीसँग जवाफ माग गरेको छ । राष्ट्रियसभा बैठकको बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले घटनाबारे जानकारी दिन माग गरेका हुन् । 

आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुखदर्शक बनेको उनको आरोप छ । अरूका लागि दशैं आइरहेको बेला सुकुम्बासीका लागि भने दशा आएको बताए । 

उनले गृहमन्त्रीको राजीनामा माग गरे । 'त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ? कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ।’ उनले भने । 

उक्त घटनाको सत्यतथ्य छानविनको गरेर दोषीमाथि कारवाही गरिनुपर्ने उनको माग छ । मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । सुकुम्बासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिने सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताए ।

आइतबार मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । ५० जना भन्दा बढी घाइते भएका छन् । उक्त क्षेत्रमा हिजो अपराह्न ४ बजेदेखि कर्फ्यू जारी छ । 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १४:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया