युवा संघले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रिय युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको घटनालाई लिएर युवा संघले गृहमन्त्रीको राजीनामा मागेको हो । 

सरकारको तानाशाही र दमनकारी नीति र शैलीको भर्सना समेत गरेको छ । प्रहरीलाई गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने युवा संघको माग छ । उक्त घटनामा संलग्न रहेका दोषीमाथि कारवाही गर्न समेत माग गरेको छ । 

मोतीपुर औद्योगिक क्षेत्रका सुकुम्बासी बस्तिमा सरकार र स्थानीय प्रशासनले गरेको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युवा संघका अध्यक्ष किरण पौडेलले सुकुम्बासी तथा अनिहितका विषयमा यो सरकार सुरुवाती समयदेखि नै उदासीन रहदै आएको बताए । 

जनभावना विपरित गठन भएको सरकारका कारण जनताले अनाहकमा दुःख पाइरहेको बताए । लोकतान्त्रिक मुलुकमा आन्दोलनकारी प्रति सरकारले निर्मम शैली देखाएको उनको भनाइ छ । 

उक्त घटनापछि युवा संघले राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाको समेत ध्यानाकर्षण गराएको छ । 

दशैं तिहार जस्ता चाडपर्वको समयमा जनतालाई विशेष राहत र सुविधा दिनुपर्नेमा जनताको छातीमा गोली बर्साउने काम भइरहेको उनको आरोप छ । 



घाइते र मृतकको प्रत्येक थोपा रगतको मूल्य सरकारले चुकाउनुपर्ने उनको भनाइ छ । 



  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १५:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया