आईपिएल : बैङ्ग्लोर र कोलकाता प्रतिस्पर्धा गर्दै

इन्डियन प्रिमियर लिग (आईपिएल) २०२१ को एलिमिनेटरमा सोमबार रोयल च्यालेन्जर्स बैङ्ग्लोरले कोलकाता नाइटराइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने आठ बजे सारजहामा हुनेछ ।
 

बैङ्ग्लोर तेस्रो र कोलकाता चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेका हुन् । यो खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिट्ल्सको सामना गर्नेछ । पराजित हुने टोलीको भने आईपिएल यात्रा समाप्त हुनेछ । बैङ्ग्लोर विराट कोहली र कोलकाता इयान मोर्गानको कप्तानीमा मैदान उत्रिनेछन् । 

यो सिजनका दुई भेटमा दुवै टोलीले एक एक खेल आफ्नो पक्षमा पारेको छन् । पहिलो खेलका कोलकाता ९ विकेट र दोस्रो खेलमा बैङ्ग्लोर ३८ रनले विजयी भएका थिए । 

समूह चरणका आफ्नो अन्तिम खेलमा जित हात पारेका  दुवै टोली आज उच्च मनोबलका साथ मैदान उत्रनेछन् । पछिल्लो खेलमा बैङ्ग्लोरले दिल्ली र कोलकाताले राजस्थानलाई पराजित गरेका थिए । 

‘हेड टु हेड’ 
आईपिएलमा हालसम्म यी दुई टोलीबीच कुल २८ खेल भएको छ । जसमा बैङ्ग्लोर १३ र कोलकाता १५ खेलमा विजयी भएका छन् । पछिल्ला ५ खेलमा ३ खेल बैङ्ग्लोरले जित्दा २ खेल कोलकाताले आफ्नो पक्षमा पारेको छ । यी दुई टोलीबीच खासै अन्तर नभएकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १६:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया