पान मसला विज्ञापनबाट अलग्गिए अमिताभ, पैसा पनि फिर्ता गरे

प्रसिद्ध चलचित्र अभिनेता अमिताभ बच्चनले एक पान मसला ब्रान्डको विज्ञापनबाट अलग्गिने बताएका छन् । उनले विज्ञापन गर्नका लागि जुन रकम लिएका थिए, त्यो पनि फिर्ता दिएको जनाएका छन् । 

७९ वर्षीय अभिनेता बच्चनले पान मसलाको विज्ञापनमा खेलेको भन्दै निकै आलोचना खप्नु परेको थियो । उनका प्रशंसकहरु यसबाट सबैभन्दा बढी निराश थिए । 

अमिताभको कार्यालयबाट आइतबार जारी गरिएको ब्लग पोस्टमा अबदेखि उनी यो विज्ञापन क्याम्पेनको हिस्सा नरहने बताइएको छ । ब्लग पोस्टमा भनिएको छ– ‘विज्ञापन रिलिज भएको केही दिनपछि अमिताभ बच्चनले कम्पनीमा सम्पर्क गरेको र गत साताबाट त्यसबाट अलग भएका हुन् ।’ 

अचानक बाहिरिएको यो निर्णयको कारण पान मसला ब्रान्डको विज्ञापनसँग जोडिँदा उनलाई के जानकारी थिएन भने, यो एक प्रकारको नक्कली विज्ञापनको श्रेणीमा पर्छ । बच्चनले ब्रान्डसँगको आफ्नो अनुबन्ध समाप्त गरिदिएका छन् । 

अबदेखि उक्त विज्ञापनमा संलग्न नहुने उनले लिखित जानकारी दिएका हुन् । साथै, उनले प्रवद्र्धनका लागि लिएको सबै रकम पनि फिर्ता गरिदिएका छन् । 

समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार, गत महिना एक गैरसरकारी संगठन नेशनल अर्गनाइजेसन फर टोबाको इराडिकेसन (नोटे)ले बच्चनलाई पान मसला कम्पनीहरुको प्रवद्र्धन नगर्न अपिल गरेको थियो । नोटेका अध्यक्ष डा. शेखर सालकरले बच्चनलाई सम्बोधन गर्दै एक खुल्लापत्र लेखेका थिए । पत्रमा पान मसला कम्पनीहरुको छद्म विज्ञापनबाट अलग हुन अनुरोध गरिएको थियो । डा. सालकरले बच्चनसँग सूर्ती विरोधी अभियानलाई समर्थन गर्न पनि अपिल गरेका थिए ।
(बिबिसी)





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १८:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया