एनआरएनएले गर्यो खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान

टोकियो ओलम्पिकमा सहभागि जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले सम्मान गरेको छ । 

एनआरएनए स्पोर्ट्स एकेडेमीले आज (सोमवार) गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा एक मात्र सहभागि तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन रहेका छन् । 

ओलम्पिकमा एथलेटिक्सबाट सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार, पौडीबाट महिलामा गौरिका सिंह र एलेक्स शाह सहभागी भएका थिए । 

यस्तै प्रशिक्षकमा एथलेटिक्सबाट  सन्तोष श्रेष्ठ, जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, पौडी प्रशिक्षक शंकर कार्की र सुटिङका प्रशिक्षक असिम यादवलाई एनआरएनएले सम्मान गरेको छ । यस्तै पारालिम्पिक खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका हुन् । 

खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनएले नेपाली संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका संयोजक हिमाल गुरुङलगायतले सम्मान गरेका हुन् । कार्यक्रममा वरिष्ठ खेल पत्रकार श्याम चित्रकार र निरञ्जन राजवंशीलगायत विभिन्न खेलका खेलकर्मी तथा प्रशिक्षकहरु पनि सम्मानित गरिएको थियो । 



एनआरएनए स्पोर्टस एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीलाई लक्षित गर्दै मार्सल आर्टस च्याम्पियनसिप आयोजना गर्ने पनि जनाएको छ । 



  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १८:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया