उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् । 

प्रधानमन्त्री देउवाको सिफारिसमा उनले उक्त कार्यभार देउवालाई दिएकी हुन् । 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम पदबाट हिजो राजीनामा दिएका थिए । 

प्रधानन्यायाधीशको कोटामा मन्त्री भएका हमालको चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्री देउवा समक्ष आइतबार राजीनामा बुझाएका थिए । 
 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १८:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया