मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति छैन सरकारलाई पश्चाताप, भन्यो– बहकाउमा परी गैरकानूनी कार्यमा संलग्न नहुनु

सरकारले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार सुकुम्बासीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो । घटनामा दर्जनौं घाइते भएका थिए । 

‘निर्धारित कानूनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानून बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ गृहले विज्ञप्तिमा भनेको छ, ‘साथै कसैको बहकाउमा परी यस किसिमको गैरकानूनी कार्यमा संलग्न नहुन सबैमा नेपाल सरकार अनुरोध गर्दछ ।’ 

नेपालको संविधानको मौलिक हकमा रहेका आवासका हक, भूमिहीन दलितको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीहरूको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको गृहले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १९:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया