सरकारप्रति पूर्वमन्त्री गोकुल बाँस्कोटाको कटाक्ष: एमालेको पाला सुकुम्वासीलाई खोजीखोजी लालपुर्जा, कांग्रेस–माओवादीको पालामा कालपुर्जा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सुकुम्बासीलाई ताकिताकी ‘कालपुर्जा’ दिएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत एमाले सरकारमा हुँदा भूमिहीन सुकुम्वासीलाई खोजीखोजी लालपुर्जा दिएको दाबी समेत गरेका छन् । 

‘एमाले सरकारमा हुँदा भूमिहीन सुकुम्वासीलाई खोजीखोजी लालपुर्जा, कांग्रेस माओवादी सरकारमा हुनासाथ ताकिताकी कालपुर्जा दिने रहेछ। धन्य परमादेशी अग्रगमन!,’ बाँस्कोटाले ट्वीटर मार्फत भनेका छन् । 

आइतबार रुपन्देहीको बुटबलमा प्रदर्शनमा उत्रिएका सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु र दर्जनौं घाइते भएपछि बाँस्कोटाले सरकारप्रति यस्तो कटाक्ष गरेका हुन् । 
 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार २१:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया