कोलकाता आइपिएलको क्वालिफायरमा, बैंग्लोर ४ विकेटले पराजित

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बैंग्लोरलाई ४ विकेटले पराजित गर्दै कोलकाताले दोस्रो क्वालिफायरमा दिल्लीसँगको भेट पक्का गरेको हो । यो खेलको विजेताले उपाधिका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । 

बैंगलोरले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य कोलकाताले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । 

कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन बनाए भने सुनिल नारिनले २६, वेन्कातेस अय्यरले २६, नितिश राणाले २३ र दिनेश कार्तिकले १० रनको योगदान गरे । 

बैंग्लोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २÷२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । बैंगलोरका कप्तान विराट कोहलीले ३९, देबदुत पडिकलले २१, ग्लेन म्याक्सवेलले १५, साहबाज अहमेदले १३ र एबी डी भिलियर्सले ११ रन बनाए । 



बैंग्लोरलाई सस्तैमा समेट्न कोलकाताका सुनिल नारिन एक्लैले ४ विकेट लिए भने लक्की फर्गुसनले २ विकेट हात पारे । 
 



  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार ७:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया