जर्मनी आगामी विश्वकपका लागि छनोट हुने पहिलो टिम

जर्मनी आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनोट हुने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले हराउँदै जर्मनी २ खेलअघि नै विश्वकपका छनोट भएको हो । 

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गोल गरे भने काई हाभर्टस् र जमाल मुसियालाले एक–एक गोल गरे ।

हाभर्टस् खेलको ५०औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । वेर्नरले ७० औं र ७३ औं मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ३–० ले अगाडि बढाए 
मुसियालाले खेलको ८० औं मिनेटमा गोल गर्दै जर्मनीलाई फराकिलो जित दिलाए  । 

यो नतिजापछि विश्वकपमा छनोट हुने पहिलो राष्ट्र बनेको जर्मनी ८ खेलमा २१ अंक जोडेर समूह ‘जे’ को शीर्षस्थानमा रहँदा पराजित म्यासेडोनिया १२ अंकसहित तेस्रो स्थानमा छ । 

अब जर्मनीले लिचेस्टाइन र अर्मेनियासँग खेल्न बाँकी छ ।

छनोट अन्तर्गत सोमबार नै भएका अन्य खेलमा आइसल्यान्डले लिचेस्टाइनमाथि ४–०, रोमानियाले आर्मेनियामाथि १–० र चेक गणतन्त्रले बेलारुसमाथि २–०को जित निकाले ।



वेल्सले इस्टोनियालाई १–० ले हराउँदा साइप्रस माल्टासँग २–२ को बराबरीमा रोकिएको छ । 



  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार ७:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया