अभिनेता राजबल्लभलाई दसैं भन्नसाथ पिङको सम्झना आउँछ

अभिनेता राजवल्लभ कोइराला केही वर्षदेखि प्रवासी जीवन बिताइरहेका छन् । प्रवासमा बसेर पनि दसैंमा भने उनलाई गाउँको खुबै सम्झना आउँछ ।

उनकै उमेरका युवा उनी जस्तै केही परदेशमा छन् । केही गाउँ छोडेर सहर पसेका छन् । अभिनेता कोइरालाले पनि राम्रैसँग देखेका छन् वर्षभरि शून्य हुने गाउँघर । 

दसैं शब्द नै विशेष मान्ने राजवल्लभलाई विशेष लाग्ने अर्को कुरा हो भरिएको गाउँ । वर्षभरि शून्य हुने गाउँ दसैंमा भरिभराउ हुन्छ । वर्षभरि छिन्नभिन्न भएका परिवार दसैंमा एकै ठाउँमा भेला हुन्छन् । यसैले पनि दसैं भन्नासाथ उनको मन भित्रैबाट खुसी हुन्छ । 

उनी केही वर्षदेखि अमेरिकामा दसैं मनाइरहेका छन् । नेपालमा हुँदा भन्दा तुलनात्मक रुपमा आफ्नो देश, गाउँघर तथा साथीभाइलाई सम्झने राजवल्लभ पिङ पनि असाध्यै सम्झन्छन् । उनको परिवार अमेरिकामै छ । तर, उनी नेपालमा बन्ने दसैंको वातावरण र बाक्लो जमघट सम्झिरहन्छन् ।  

राजवल्लभले दसैंका लागि भनेर पहिरन किन्न छाडेको धेरै भयो । तथापि टीका थाप्दा ढाकाको टोपी भने छुटाउँदैनन् । हजुरबुवाले गर्ने नवदुर्गाको विशेष पूजा हेर्दै हुर्किएका राजवल्लभ हिन्दू संस्कार एवम् मान्यताहरूप्रति उत्तिकै आस्था राख्छन् । उनी नवदुर्गाको पूजा गर्दा भने सादा कुर्ता लगाउँछन् । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १०:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया