एक्कासी सुक्यो कर्णाली नदी, स्थानीय त्रसित

कर्णाली नदी सुकेको छ । आज बिहान एक्कासी कर्णाली कर्णाली नदी सुकेको छ । 

आज बिहान एक्कासी कर्णाली नदी साबिकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले बताएका छन । पलाँताका शिक्षक लंकबहादुर बमले कर्णाली नदीको १५ मिटर सतह कम भएको र खोलाको रुपमा परिणत भएको बताए । 

उनले नदी एक्कासी सुकेपछि स्थानीय त्रसित भएका छन् केही भने नदी किनारमा माछा छोप्न भीड लागेको बताए।

पलाँताका सबइन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदी किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै बेला अप्रिय घटना हुन सक्ने बताए । 

उनले सुरक्षा निकाय सबैलाई खबर गरिदिन अनुरोध समेत गरेका छन्। फोन राम्रो नचल्ने पलाँतामा नागरिक एकातिर त्रसित छन् भने अर्कोतिर माछा मार्नमा ब्यस्त पनि छन् । 

कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो भने आफैं पहिरो छिचलेर बगेमा धेरै मानवीय क्षति हुने खतरा छ ।



हुम्लाको हिल्साबाट बग्ने कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी पनि हो । कर्णाली नदी एक्कासी कसरी सुक्यो नागरिकमा त्रास फैलिएको छ । यस विषयमा सुरक्षा निकाय पनि बेखबर छ । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले कर्णाली नदी ५० प्रतिशत सुकेको बताए । बाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार ९:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया