बाइडेनको ज्यान बनाउने दोभाषेले परिवारसहित छाडे अफगानिस्तान

अमेरिकी राष्ट्रपति जो बाइडेनको ज्यान बनाउने अफगानी दोभाषे अमन खलिलीले परिवारसहित अफगानिस्तान छाडेका छन् । 

सन् २००८ मा हिउँसहितको तुफानका कारण अमेरिकी सेनाको हेलिकोप्टर हिँउसहितको घाँटीमा उतार्न बाध्य हुनुपरेको थियो । सो हेरिकोप्टरमा जो बाइडेन थिए । त्यसबेला उनी अमेरिकाको सिनेटर थिए । 

जुन स्थानमा अमेरिकी सेनाको हेलिकोप्टर बसाइएको थियो, त्यो सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील थियो । तर अमेरिकी सरकारका अफगान स्टाफले जो बाइडेनसमेत केही अन्य सांसदलाई सुरक्षित फिर्ता जान सहयोग गरेका थिए ।

त्यसमा अमन खलिली पनि थिए । गत १५ अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अमन खलिलीले अफगानिस्तान छाड्न भिसाको व्यवस्था गर्न अमेरिकासँग आग्रह गरेका थिए । 

करिब २ महिनापछि अमन खलिली परिवारसहित अफगानिस्तान छाड्न सफल भएका हुन् । 

अमेरिकालाई अफगानिस्तानमा सहयोग गर्नेहरु तालिबानको निशानामा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । तालिबानले सत्ता कब्जा गरेपछि तालिबानले अमेरिकी सेनालाई सहयोग गर्ने अफगानीको खोजी सुरु गरेको खबर आएको थियो । 
 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार ११:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया