दशैंमा पूर्वराजाको सन्देश,- 'राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक छैन'

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालका लागि राजसंस्था आवश्यक नै रहेको बताएका छन् । दशैंको अवसरमा सन्देश जारी गर्दै शाहले नेपाल जस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताएका हुन् । 

देशको तत्कालीन परिस्थितिले आफुलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य बनाएको भन्दै उनले भनेका छन्, 'प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने अवोध हामीले गरेका छौं ।’ 

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको बताए । 

कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने भन्दै त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्ने उल्लेख गरे । 

शिक्षा तथा स्वास्थ्यका व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको उनको टिप्पणी छ । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १४:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया