मुगुका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर जाँदै

मुगुमा बस दुर्घटनामा परी घाइते भएकाहरूको हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको छ । त्यसका लागि सुर्खेतबाट सेनाको हेलिकप्टर मुगुतर्फ लागेको छ । 

मुगुको छायाँनाथ रारा नगरपालिका पिनागाउँमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस भीरबाट करिब ३०० मिटर तल खसेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । 

मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, १८ जना घाइते

भीरका कारण घाइतेको उद्धारमा कठिनाई भएपछि हेलिकप्टर मगाइएको उनले बताए । अहिले स्थानीय तथा सुरक्षा निकायको सहयोगमा घाइतेको उद्धार तथा मृतकको शव संकलन गर्ने काम भइरहेको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १५:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया