मुगु बस दुर्घटनाः मृतकको संख्या २३ पुग्यो, उद्धारको कार्य जारी

मुगुमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको बस पिनागाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्नेछ । 

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए । बस क्षतविक्षप्त अवस्थामा रहेकाले उद्धारमा कठिनाई भइरहेको उनको भनाइ छ । प्रजिअ महत आफैं घटनास्थलमा छन् । 

मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, १८ जना घाइते

आज दिउँसो साढे १ बजेतिर छायाँनाथ रारा नगरपालिका ७ को पिनाटपने खोलामा बस भीरबाट करिब ३०० मिटर तल खसेको थियो । ३९ जना सवार रहेको उक्त बस के कति कारणले दुर्घटनामा परेको भन्नेबारे केही खुल्न सकेको छैन् । 

घाइतेहरूको अवस्था गम्भीर रहेकाले उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उडेको छ । अहिले सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धारको काम भइरहेको प्रजिअ महतले बताए ।  

मुगुका घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर जाँदै





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १५:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया