पछिल्लो चौबिस घण्टामा देशभर थप ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
देशभर ७ हजार ६० जनाको पिसीआर र २ हजार ५५९ जनाको एन्टिजेन विधिबाट गरी कूल ९ हजार ६१९ जनाको कोरोना परिक्षण गरिएको थियो ।
नेपालमा हालसम्म ८ लाख ९६ लाख ७६९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ७ लाख ७७ हजार ७४१ जना निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।