सडक दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, भने– परिवारलाई उचित राहत र घाइतेको उपचार सरकारले गर्नेछ

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला दिन मुगु, कास्की र अछाममा भएका सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत भनेका छन्, ‘दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत  र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ ।’ 

सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न उनले आग्रह गरेका छन् । 

‘सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् । 

नेपाल प्रहरीका अनुसार पछिल्लो तीन दिनमा सवारी दुर्घटनामा परी नेपाल भित्र ५८ जनाको मृत्यु भएको छ । आज मात्र मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार २०:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया