विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा घरेलु टोली इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । उसले हंगेरीसँग १–१ को बराबरी खेलेको हो ।
खेलको २४औं मिनेटमा रोनाल्ड सलाईले पेनाल्टीमार्फत गोल गर्दै हङ्गेरीलाई अग्रता दिलाएका थिए ।
खेलको ३७औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।
यो नतिजापछि समूह ‘आई’ मा अपराजित इंग्ल्यान्ड ८ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा समान खेलबाट ११ अंकका साथ हङ्गेरी चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।